Logo

नेकपाको सहमति युद्धविराम मात्रै हो, स्थायी कमिटीको बैठकमा ओलीको राजीनामा माग्ने सम्भावना छ : डा. सुरेन्द्र केसी (भिडियोसहित)



काठमाडौं, २३ बैशाख । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले केही पनि सहमति नभएको र यो खाली अस्थायी युद्धविराम मात्रै भएको टिप्पणी गरेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको राजीनामाको च्याप्टर क्लोज नभएको पनि जिकिर गरे । वर्तमान प्रधानमन्त्री ओलीले सत्ता छोड्नुपरे देशमा मध्यावधि चुनाव गराउने र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्न नपाए पार्टी फुटाउने पनि उनले दाबी गरे ।

केसीले भने-“यो नेकपाको युद्धविराम हो । यही बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाएका छन् । त्यतिञ्जेलसम्म उनीहरु एक ठाउँमा उभिएका हुन् । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने सम्भावना छ । मतदान पनि हुनसक्छ । सबै सम्भावना छ ।”



प्रतिक्रिया दिनुहोस्