Logo

चार लाख नेपाली स्वदेश फर्किन चाहन्छन्, तर ल्याउन सक्दैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली



वैशाख २३, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमणको जोखिम कायम रहेसम्म बिदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नसकिने बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा प्रयाप्त कोरोना परिक्षण हुन नसकेको अवस्थामा र नेपालमा कोरोना संक्रमणको जोखिम कायम रहेसम्म बिदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नसकिने बताएका हुन् ।

उनले नेपालमा कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सक्ने अवस्था आए नेपालीहरुलाई ल्याइएने बताएका छन् । अहिले जहा छन् त्यही नै सुरक्षित रुपमा राख्ने नीति रहेको उनले बताए । मन्त्री ज्ञवालले बिभिन्न देशमा रहेका दुतावासका साथ गैर आवासीय नेपाली संघ लगाएतले बिभिन्न देशमा रहेका नेपालीहरुलाइ राहत वितरण गरिरहेको दावी पनि गरेका छन् । केसम्म संक्रमण हुनबाट रोक्ने र संक्रमण भइहाले उचित उपचारको व्यवस्था दुतावासले गर्ने उनको भनाई छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव

बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव बिभिन्न देशमा रहेका नेपालीहरुलाई सरकारले वेवास्ता नगरेको बताए । उनले मलेसियाबाट सात हजार, कतारबाट ५० हजार, साउदीबाट २० हजार, युएइबाट १२ हजार , कुवेतबाट ९ हजार, बहराइनबाट ३ हजार र ओमानबाट ५ हजार नेपालीहरु स्वदेश फर्कने देखिएको जानकारी दिएका छन् ।

अहिलेको अवस्थामा झण्डै चार लाख नेपालीहरु नेपाल फर्कन सक्ने उनको अनुमान छ । त्यस्तै बैठकमा सांसदहरुले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए । लकडाउनका कारण वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुको अवस्था दयनिय भएको भन्दै समितिले उनीहरुको अवस्था र राहतका बारेमा सरकारसंग जानकारी लिएकोे हो ।



प्रतिक्रिया दिनुहोस्