काठमाडौं, बैशाख २४ । नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीको शीर्ष तहमा रहेका नेताहरुको बोली र व्यवहारमा फरक पन आउँदा पछिल्लो समयमा सचिवालयको औचित्यमाथि नै प्रश्न उठेको बताएका छन् ।
पत्रकार ऋषि धमलासँग कुरागर्दै ज्ञवालीले नेकपाको विधानमा रहेको एक व्यक्ति एक पद मात्र मुख्य जिम्मेवारीको बिषयलाई सचिवालयमा रहेका नेताहरुले हल्का रुपमा लिएको बताउए। उनले सचिवालयले निकम्बा भएर निर्णय गराउन नसके पनि स्थायी कमिटी बैठकमा यो विषय दह्रोसँग उठ्ने र त्यो पारित गराएरै छाड्ने दावीसमेत गरेका छन् ।
उनले बाहिर कार्यकर्तालाई एउटा कुरा भन्दै हिड्ने, सचिवालयको बैठकमा अर्को निर्णय गर्ने र फेरी बाहिर आएपछि अर्कै व्यवहार प्रकट गर्ने नेताहरुको प्रबृतिले पार्टी र कार्यकर्ताकै बदनाम भएको बताए ।
सचिवालय पार्टीको मुख्य निर्णायक तह भएपनि त्यहाँ रहेका नेताहरुको कम्जोरीका कारण विधानमा व्यवस्था भएको कुराहरु बारम्बार उठाउँदै आएपनि कार्यन्वयनमा लान नसकेको भन्दै विधानमा भएको व्यवस्था स्थायी कमिटी वैठकमा उठ्ने र यो पटक निर्णय गराएरै छाड्नेसमेत जानकारी गराए ।
स्थायी कमिटी आवस्यक छैन भन्ने नेताहरुप्रति प्रश्न गर्दै जवसम्म कार्यन्वयनमा हुदैन तबसम्म बैठकमा वारम्वार उठिरहने उनले ठोकुवा गरेका छन् ।
नेता ज्ञवालीले पार्टीका सचिवालयका नेता कहिले यता कहिले उता गर्दै बेमौसमी बाजा बजाइरहेको प्रतिक्रिया पनि दिए । कहिले प्रधानमन्त्रीलाई हटाउने त कहिले नहटाउने भन्दै सचिवालयका नेताहरु यताउता गरिरहेको भन्दै स्पष्ट धारणा ल्याउन नसकेको उनको आरोप छ ।