Logo

कोरोना परीक्षणको दायरा बढाउनुपर्छ : डा राजभण्डारी



टेकु अस्प्तालका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौं उपत्यकामा आवातजावातमा कडाई गर्नुपर्ने बताएका छन् । उनले काठमाडौं कोरोनाको उच्च जोखिममा रहेकोले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन् । त्यस्तै, कोरोना परीक्षणको दायरासमेत बढाउनुपर्ने उनको भनाई छ । नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राजभण्डारीले यस्तो बताएका हुन् ।

काठमाडौंमा पनि कोरोनाको जोखिम बढेको हो ?

जोखिम बढेकोजस्तो अनुभव भइराखेको छ ।

कसरी बढ्यो त्यसको आधार के ?

मैले प्राइम टेलिभिनमा तपाईंसँगै भनेको थिएँ ।

काठमाडौंवासीलाई जोखिमबाट जोगाउन तपाईंहरु कस्तो रणनीति बनाउँदै हुनुहुन्छ ?

सबैभन्दा पहिला बाहिरबाट आउनेलाई रोक्नको लागि सबैको प्रयास हुनुपर्छ । त्यसमा सरकारी निकायले मात्रै सफल हुँदैन । जसरी सरकारले लकडाउन गरिराखेको छ । यसलाई अझ बढी निरन्तरता दिनुपर्छ । किनभने बाहिरबाट मान्छेहरु आउने संख्या बढिरहेको छ । त्यसलाई रोक्न सकिएन भने भोलि गएर काठमाडौंलाई उच्च जोखिमको रुपमा लिनुपर्ने हुन्छ ।

त्यसोभए उपत्यकाका नाकाहरु सिल गर्नुपर्छ हो ?
भारतीय सीमाहरुबाट अहिले पनि धेरै नेपालीहरु भित्रिरहेको अवस्था छ । ती बोर्डरहरुमा सिल गर्नुपर्ने हुन्छ । पहिला त टाइट गरेर आउन नदिने र आइहाले भने तिनलाई क्वारेन्टाइनमा राख्नुपर्छ । खासगरी यात्रुवाहक सवारीलाई छिर्न दिइएन भने राम्रो हुन्छ ।

नेपालगन्जमा सर्वसाधारणहरु त्रसित छन् लक्षण नदेखिइँदा पनि संक्रमण हुनेभयो भनेर त्यस्तो हो ?
त्यहाँ त धेरै परीक्षण गरिएपछि देखिएको अवस्था हो । नेपालगन्जजस्तै अन्य ठाउँमा पनि यस्ता घटनाहरु सिर्जना भएका होलान् । अन्य संकास्पद ठाउँमा पनि टेष्ट गर्नका लागि स्वास्थ्य सामाग्री पु¥याउनुपर्छ । कतिपय मानिसहरुको सम्पर्क परीक्षणमात्रै भएको छ । उनीहरु बाहिरबाट आएपछि कहाँ कहाँ गए । को को सँग भेटघाट गरे । त्यस्ता खाले मान्छेहरुको परीक्षण अझ पनि भइरहेको त्यसको दायरा अभैm पनि बढाउनुपर्ने हुन्छ ।

टेकू अस्पतालबाट निको भएकोमा पनि देखियो नि ?

हो, त्यसको लागि हामी एदमै ध्यान दिएका छौं । अस्पतालबाट डिस्चार्ज भएको मान्छेलाई फेरि भर्ना गर्नुपर्दा हामीलाई पनि नरमाइलो लाग्छ । यो नयाँ भाइरस भएकाले यसको औषधिको अहिले पनि धेरै अनुसन्धान भइरहेको छ । यो भाइरस आउनुमा यही कारण हो भनेर अहिले सकैले पनि भन्न सक्ने अवस्था छैन ।

फेरि देखिनुपर्ने कारण चाहीं के छ त ?

ऋषिजी मैले फेरि पनि भनेँ । रोग नयाँ हुनुका साथै परीक्षण विधिपनि त्यस्तै हो त्यसैले यो शतप्रतिशत होइन । यसको रिजल्ट पनि कहाँबाट लिनुभएको हो ? नाकबाट लिनुभयो कि अथवा भित्रीभागबाट लिनुभयो त्यसमा पनि भरपर्छ । केहीका रिजल्टमा पनि भर पर्छ । टेक्निकल विषयमा सबै ठीक हुन्छ पनि भन्न सकिँदैन । फेरि भाइरसको रुप परिवर्तन भएको पनि हुन सक्छ ।

परीक्षण गर्न नसकिएको अवस्था हो ?

यो विषयमा तपाईं, हामी सबैले बुझ्नुपर्ने कुरा हो । त्यसलाई नढाँटी भन्नुपर्दा टेष्ट राम्रोसँग गर्न नसकेको अवस्था पनि हो । अब केही दिनभित्रै सरकारले स्वास्थ्य सामाग्री ल्याउँदैछ । यसलाई हामी सबैले आशा गरौं छिट्टै व्यवस्थापन हुन्छ ।

तपाईंहरुले व्यवस्थापन गर्न किन ढिला गर्नुभयो ? स्वास्थ्य सामाग्रीहरु सबै छन् ?

सामाग्रीहरु सबै छन् । ऋषिजी हामीलाई जति आवश्यकता थियो । ती सामानहरुको पनि अहिले संकट छ । उत्पादन गर्ने देशहरुलाई नै नपुगिराखेको अवस्था छ अनि अरुलाई दिने कुरा पनि हुँदैन । व्यवस्थापन पक्षले पठाएको छ । त्यो सामाग्री आइसकेको पनि जानकारी पाइसकेको छु ।

त्यसोभए अब नेपाली जनताहरु निश्चिन्त भएर घरमा बस्न सक्ने अवस्थामा छैनन् हो ?

यो महामारीलाई रोक्ने भनेको सोसियल डिस्टेन्टलाई म्यानेज गर्ने हो । छुट्टै बस्ने । जथाभावी भिडिभाड भएको ठाउँतिर नजाने मात्रै होइन कि भिडनै गर्नुहुँदैन । यो भनेको सबै नेपालीहरु बाँच्नका लागि हो । आफ्ना परिवार र सन्तानलाई जोगाउनको लागि हो । लकडाउनका बेला राम्रोसँग बस्न सकियो भने भोलिका दिनमा राम्रोसँग जीवन यापन गर्न सकिन्छ । अर्को कुरा कतिपय मान्छेहरु कोरोनाको कारणले मानसिक समस्यामा परेको देखिएको छ । काठमाडौंबाहिरका केही समुदायका मान्छेलाई घरबेटीहरुले यिनीहरुबाट सर्छ भनेर घरबाट किकालिदिएको अवस्था पनि छ । यस्ता कुराहरुको पनि व्यवस्थापन गर्नुपर्ने छ । त्यसको लागि समाजका विभिन्न स्टेकहोल्डरहरुसँग बसेर छलफल गर्नुपर्ने छ ।

काठमाडांैमा कोरोना परीक्षण कति जनामा भयो ?

त्यसको तथ्यांक त मैले दिन सक्दिँन ।

कोरोना परीक्षण गर्नुभएको छनि अहिलेसम्म कति हजारमा गर्नुभयो त ?

अहिलेसम्म हामीकोमा १२ सय हाराहारीमा परीक्षण भएको छ । यो संख्या चाही टेकूमा मात्रै भएको हो । त्योभन्दा बाहेकको बाहिर भएको छ । यी भए पीसीआर भने आरडिटी टेष्ट चाहीं काठमाडौंका विभिन्न वडाहरुमा पनि भएका छन् । सबैखाले टेष्ट गर्दा ६५ हजार हाराहारीमा भएको छ ।



प्रतिक्रिया दिनुहोस्