Logo

दुई महिने शिशु कोरोना संक्रमित



काठमाडौं, बैशाख २४ । नेपालमा पहिलो पटक एक वर्ष मुनिका शिशुमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। बुधबार पर्साको विरगञ्जमा दुई महिने शिशुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शिशुमा कोरोना पोजेटिभ देखिएको हो। बुधबार मात्रै पर्सामा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको सङख्या ९९ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्