Logo

नेकपा स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न सचिवालय असफल, भोलिको बैठक अनिश्चित्



काठमाडौं, २४ बैशाख । भोलि (बिहीबार) विहान ११ बजेबाट सुरु हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको एजेण्डाबारे सचिवालय बैठकमा सहमति नभएपछि बैठक नै अन्यौल भएको छ । स्थायी कमिटी बैठकको लागि एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद भएको थियो ।

बैठकको बीचमै अध्यक्ष तथा प्रधानमन्त्री ओली बाहिरिएका थिए । उनी बैठक कक्षबाट झोंक्किएर बाहिरिएका थिए । एक घण्टासम्म कुर्दापनि नआएपछि सचिवालयका अन्य सदस्यहरुले आजको बैठक सम्पन्न भएको घोषणा गरेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न अध्यक्षद्धयबीच अझै छलफल हुने विश्वास दिलाए ।

स्थायी समिति बैठकका लागि प्रस्ताव र अजेन्डा तय गर्ने सबालमा अध्यक्षद्धय अोली र प्रचण्ड विच सहमति हुन नसक्दा सचिवालय बैठक प्रभावित, सचिवालय बैठक पछि अध्यक्षद्धय बिच वालुवाटारमा छलफल जारी छ।



प्रतिक्रिया दिनुहोस्