Logo

२ लाख ८३ हजारको मृत्यु, रुस र इक्वेडरमा भयाबह



(अपडेट : वैशाख २९ गते राति १२:३० बजे)
वैशाख २९, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८२ हजार ७ सय नाघेको छ ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबार राति १२:३० बजेसम्मको रिपोर्टअनुसार ८० हजार ३ सय ६१ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १३ लाख ५४ हजार पुगेको छ । आइतबार अमेरिकामा ३२४ जनाको मृृृृृत्यु भएको छ । अघिल्लो दिनकोभन्दाा कम मृृृत्युु भएको हो ।

अघिल्लो दिन ७ सय २० जनाको मृत्यु भएको थियो ।

उता, बेलायतमा मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ । संक्रमितको संख्या २ लाख १९ हजार नाघेको छ । बेलायतमा कोरोनाभाइरसको असर बढी नै देखिएको छ । त्यहाँँ सुरुवाति चरणमा नियन्त्रणमै रहे पनि पछिल्लो समय यसको असर तीव्र रुपमा देखिएको छ । तर पछिल्लो २४ घण्टामा २६८ जनाको मात्रैै मृृत्यु भएको छ ।

कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ९ सय १ जना संक्रमित भएका छन । तर त्यहाँ ७८ हजार १ सय ४६ जना उपचारपछि निको भइसकेका छन् ।
चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ ।

इटालीमा पनि मृत्यु हुनेको संख्या अघिल्लो दिनको तुलनामा केही घटेको छ ।
शनिबार इटालीमा १ सय ९४ जनाको मृत्यु भएकोमा आइतबार १६५ जनाले ज्यान गुमाए । त्यहाँ कुल ३० हजार ५ सय ६० जनाको मृत्युु भएको छ ।

स्पेनमा अघिल्लो दिन १ सय ७९ जनाको मृत्यु भएकोमा आइतबार १४३ मा झरेको छ । योसहित स्पेनमा २६ हजार ६ सय २१ पुगेको छ ।

फ्रान्समा पनि आइतबार ७० जनाको मात्रैै मृृृत्युु हुुँदा कुुुल मृृतकको संख्या २६ हजार ३ सय ८० पुगेको छ । फ्रान्समा १ लाख ७६ हजार  ६ सय संक्रमित छन् ।

छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २ हजार २ सय १२ जना पुगिसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १११ जनाको मृत्यु भयो । भारतमा संक्रमितको संख्या ६७ हजार १ सय नाघेको छ ।

ब्राजिलमा १० हजार ७ सय ३९ जनाको मृत्यु भएको छ भने १ लाख ५७ हजार संक्रमित छन् ।
बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ८ हजार ६ सय ५६ को मृत्यु भइसकेको छ ।
यस्तै जर्मनीमा १ लाख ७२ हजार संक्रमित हुनुका साथै ७ हजार ५ सय भन्दा धेरैको मृत्यु भएको छ ।

इरानमा १ लाख ७ हजार ६ सय संक्रमित छन् । साथै ६ हजार ६ सय ४० को मृत्यु भएको छ । रुसमा पनि २ लाख १० हजार जना संक्रमित भइसकेका छन् भने १ हजार ९ सय १५ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा रुुुसमा सबैभन्दा धेेरै ११ हजारभन्दा धेरै संंक्रमित थपिए ।

सबैभन्दा बढी प्रभावित देशहरु :
नेदरल्याण्ड – ५४४०
टर्की – ३७८६
क्यानडा – ४८७०
स्विडेन – ३२२५
स्विजरल्याण्ड – १८३०
मेक्सिको – ३३५३
इक्वेडर – २१२७( पछिल्लो २४ घण्टामा इक्वेडरमा सबैभन्दा  धेरै ४१० जनाको मृत्यु)
आयरल्याण्ड – १४५८
पेरु – १८४१
पोर्चुगल – ११३५
चिन – ४६३३
चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १२ देशमा फैलिएको छ ।
अहिलेसम्म यो भाइरसका कारण ४१ लाख ५३ हजार संक्रमित भएका छन् ।
संक्रमितमध्ये करिब १४ लाख ६६ हजार जना निको भएका छन् । उपचाररत करिब २४ लाख ५ हजारमध्ये ४७ हजार ३ सय ५७ को अवस्था भने चिन्ताजनक छ ।



प्रतिक्रिया दिनुहोस्