काठमाडौं, २९ वैशाख । पूर्व परराष्टमन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत डा. भेषबहादुर थापाले भारतसँगको सीमा विवाद हल गर्नको लागि वार्ता, सम्वाद र कुटनीतिक पहल नै अपनाएको सुनाए । उनले यो विवाद समाधानको लागि नेपालले अहिलेसम्म वार्ता नै मुख्य आधार बनाएको बताए । हिजो (आइतबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा डा. थापाले यस्तो बताएका हुन् । थापाले विदेशमा अलपत्र परेका सबै नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउनको लागि सरकारले पहल गर्नुपर्ने पनि सुझाव दिए ।
हेरौं थापासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको पूरा अंश: