Logo

विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वदेश फिर्ता माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता



काठमाडौं, २९ वैशाख । सांसदहरु गगन थापा, डा. डिला संग्रौला र प्रकाश रसाईलीले विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । उनीहरुले दर्ता गराएको उक्त प्रस्तावमा आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै, जोखिममा भएका र लकडाउनका कारण रोजगारी स्थगित भएकाहरुलाई गन्तव्य मुलुकमै व्यवस्थापन गर्ने कुरा पनि प्रस्ताव समावेश गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्