काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठक भोलि बस्ने भएको छ । बहुप्रतिक्षित बैठक भोलिका लागि तय भएको नेकपाले जनाएको छ ।
बैठकमा उपस्थित हुन सबै स्थायी कमिटि सदस्यहरुलाई एसएमएसमार्फत् खबर गरिएको जनाइएको छ । यसअघि बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।
सरकारको नीति तथा कार्यक्रम २ जेठमा संसदमा प्रस्तुत हुनु ठिक अघि बैठक बस्न लागेको छ । बैठकमा नेकपाको आन्तरिक विवाद समाधान, लिपुलेकको विषयलगायतका छलफल हुने बुझिएको छ ।-File Photo