काठमाडौं, १ जेठ । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतालाई ढाँटेको भन्दै तत्काल माफी माग्नुपर्ने बताएका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लोहनीले यस्तो बताएका हुन् । नेपालको सार्वभौमिकताको कुरामा सबै पार्टीले सरकारलाई साथ दिने र आफूहरुले पनि साथ दिने लोहनीले विश्वास दिलाए । उनले भने-“भारतले अहिले लिपुलेकमा सडक बनाएको भूभाग हाम्रो हो । यो कुरा प्रधामन्त्रीले पनि भन्नुभएको छ । उहाँले हामी भारतसँग वार्ता गर्छौं भन्नुभएको छ । उहाँले यो राष्ट्रीयताको कुरामा हामी सबै एकजुट हुनुपर्छ भन्नुभएको छ । हामी एकजुट छौं । ६ महिनाअघि पनि थियौं ।”
अहिलेको सरकारले हेलचेक्र्याँई गरेको लोहनीको गुनासो छ । उनले भने-“परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई थाहा छैन् ? गृहमन्त्रीजी अब चाहीँ त्यत्रो ठूलो ठूलो क्रान्ति गरेर आउनुभएको होईन ? खोई त ? परराष्ट्रमन्त्री त्यति गम्भिर मान्छे, खोई त ? मैले त बारम्बार भनेको छु, उहाँहरुले यसको लागि नेपाली जनतासित माफी माग्नुपर्छ । प्रधानमन्त्री ओलीले थाहै भएन भनेर पाईन्छ ? भन्दै उनले कडा प्रश्न गरे । उनले सोधे, थाहा छैन् भन्न पाईन्छ ? त्यसो भए किन शासनमा बस्या ? माफी माग्नुपर्छ ।” उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल प्रधानमन्त्रीको रुपमा चित्रण गरे ।