काठमाडौं, १ जेठ । चिकित्सक, टाफिक प्रमुख र यातायात व्यवसायीहरुले सरकारसँग पिपिईलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. रमेश आचार्य, टाफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकाल र यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) ले अग्रपँक्तिमा खटिने व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाको प्रवन्ध गर्न सरकारसँग माग गरेका हुन् ।