Logo

‘केन्द्रमा तीन सय शैय्या र सातै प्रदेशमा ५० शैय्याका सरुवा रोग अस्पताल बनाउने’



काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उलपब्धि हासिल भएको बताएकी छिन् । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आज विश्व समुदाय साझा र अदृष्य शत्रुसँग जुधिरहेका बेला नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी र समन्वयात्मक पहलकदमी लिएको उल्लेख गरिन् ।

सरकारले केन्द्रमा तीन सय शैय्या र प्रत्येक प्रदेशमा कम्तीमा ५० शैय्याको सरुवा रोग प्रतिकार्य अस्पताल बनाउने भएको छ । उनले सरुवा रोग प्रतिकार्यका लागि केन्द्रमा तीन सय शैय्या र प्रत्येक प्रदेशमा ५० शैय्याको अस्पताल स्थापना गर्ने बताएकी हुन् । उनले गरिब तथा विपन्नका लागि आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्ने समेत घोषणा गरिन् ।

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी पहलकदमी लिएको छ : राष्ट्रपति भण्डारी



प्रतिक्रिया दिनुहोस्