Logo

तीन वर्षभित्र सबै सामूदायिक शैक्षिक संस्थालाई पूर्वाधारसम्पन्न बनाउने घोषणा



काठमाडौं, २ जेठ । सरकारले आगामी तीन वर्षभित्र सबै सामुदायिक शैक्षिक संस्थालाई पूर्वाधार सम्पन्न बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् ।

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी पहलकदमी लिएको छ : राष्ट्रपति भण्डारी

त्यस्तै, स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासका काममा परिचालन गरिनेपनि सरकारले घोषणा गरेको छ । ‘चिनौ आफ्नो मानो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासको काममा मुलुकभर परिचालन गरिने भण्डारीले घोषणा गरेकी हुन् । विश्व समुदाय साझा र अदृष्य शत्रुसँग जुधिरहेका बेला नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी र समन्वयात्मक पहलकदमी लिएको पनि उनले उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उलपब्धि हासिल भएको बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्