काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम निकै आत्मप्रशंसा र केही सपना र अति धेरै ईच्छासुचीको संज्ञा दिएका छन् । सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरकेी छिन् । सो लगत्तै सांसद डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले लेखेका छन्,”अहिलेसम्मकै सम्भवत:सबभन्दा लामो सरकारी नीति/कार्यक्रममा निकै आत्मप्रशंसा,केही सपना र अतिधेरै इच्छा-सूची रापद्वारा वाचन गराइयो! प्रदेश/स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो।कसैले भनै झैं सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो!हामी कहिलेसम्म मूर्ख बन्ने?” तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम