(अपडेट : जेठ ३ गते राति २ बजे)
जेठ ३, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ७ हजार १ सय नाघेको छ ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार राति २ बजेसम्मको रिपोर्टअनुसार ८७ हजार ९ सय ६५ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १४ लाख ७५ हजार पुगेको छ । शुक्रबार अमेरिकामा १ हजार ५३ जनाको मृृृृृत्यु भएको छ ।
उता, बेलायतमा मृत्यु हुनेको संख्या ३४ हजार पुगेको छ । संक्रमितको संख्या २ लाख ३६ हजार ७ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८४ जनाको मृृत्यु भएको छ ।
कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ९ सय ३३ जना संक्रमित भएका छन । तर त्यहाँ ७८ हजार २ सय ९ जना उपचारपछि निको भइसकेका छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । अहिले ९१ जनाको उपचार भइरहेको छ ।
चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ ।
इटलीमा शुक्रबार २ सय ४२ जनाको मृत्यु हुँँदा त्यहाँ कुल ३१ हजार ६ सय १० जनाको मृत्युु भएको छ ।
स्पेनमा शुुक्रबार १ सय ३८ जनाको मृत्यु हुँदा कुल २७ हजार ४ सय ५९ पुगेको छ ।
फ्रान्समा शुक्रबाार १०४ जनाको मृृृत्युु हुँदा कुुुल मृृतकको संख्या २७ हजार ५ सय २९ पुगेको छ । फ्रान्समा १ लाख ७८ हजार ८ सय संक्रमित छन् ।
छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २ हजार ७ सय ५३ जना पुगिसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १०४ जनाको मृत्यु भयो । भारतमा संक्रमितको संख्या ८५ हजार ७ सय नाघेको छ । यो संंख्या चीनको भन्दा धेेरैै हो ।
ब्राजिलमा १४ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ भने २ लाख १२ हजार संक्रमित छन् ।
बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ८ हजार ९ सय ५९ को मृत्यु भइसकेको छ ।
यस्तै जर्मनीमा १ लाख ७५ हजार ३ सय संक्रमित हुनुका साथै ७ हजार ९ सय ५१ को मृत्यु भएको छ ।
इरानमा १ लाख १६ हजार ६ सय संक्रमित छन् । साथै ६ हजार ९ सयको मृत्यु भएको छ ।
रुसमा पनि २ लाख ६२ हजार ८ सय जना संक्रमित भइसकेका छन् भने २ हजार ४ सय १८ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा रुसमा करिब १० हजार ६ सय संंक्रमित थपिए ।
सबैभन्दा बढी प्रभावित देशहरु :
नेदरल्याण्ड – ५६४३
टर्की – ४०५५
क्यानडा – ५५५३
स्विडेन – ३६४६
स्विजरल्याण्ड – १८७८
मेक्सिको – ४४७७
इक्वेडर – २५९४
आयरल्याण्ड – १५१८
पेरु – २३९२
पोर्चुगल – ११९०
रोमानिया – १०७०
इण्डोनेसिया- १०७६
चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १३ देशमा फैलिएको छ ।
अहिलेसम्म यो भाइरसका कारण ४६ लाख संक्रमित भएका छन् ।
संक्रमितमध्ये करिब १७ लाख ४० हजार जना निको भएका छन् । उपचाररत करिब २५ लाख ५७ हजारमध्ये ४५ हजारको अवस्था भने चिन्ताजनक छ ।