Logo

मन्त्रिपरिषद बैठकमा तीन विषयमा छलफल, आवश्यक परे संकटकाल लगाउने !



काठमाडौं, ४ जेठ । लकडाउन कडाई गर्ने र थप्नेबारेमा मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मुख्यतय लकडाउन कडाई गर्ने र थप गर्नेबारेमा छलफल भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन दश दिन थप्नुपर्ने सुझाव दिएको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि समितिको बैठक सिंहदरबारमा बसेको थियो ।

बालुवाटार स्रोतकाअनुसार आजको मन्त्रिपरिषद बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणमा अब आगामी कदम कस्तो चाल्ने भन्ने विषयमापनि छलफल भएको छ । पछिल्लो समय संक्रमितको संख्या बढेको र दुई जनको समेत मृत्यु भैसकेकोले अब कस्तो कदम चाल्ने भन्नेबारेमा छलफल भएको बुझिएको छ ।

आवश्यक परे सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि संकटकाल घोषणा गरेर अघि बढ्नेसम्मको मनस्थिति सरकारले बनाएको छ । त्यस्तै, भारतसँगको सीमा विवादबारे पनि आजको बैठकमा छलफल भएको बुझिएको छ । सरकारले छिट्टै लिम्पियाधुरासहित समावेश गरेर नेपालको नक्शा जारी गर्ने तयारी गरेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्