Logo

प्रधानमन्त्री ओलीमाथि कांग्रेस सांसदको टिप्पणी : तपाई भ्रष्टाचारबाट गन्हाईसक्नुभएको छ (भिडिओसहित)



काठमाडौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेश कुमार सिंहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारबाट गन्हाईसकेको आरोप लगाएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै डा. सिंहले यस्तो बताएका हुन् । उनले लकडाउनका कारण श्रमजिबी, न्यून आय भएका र विपन्न नागरिकले धेरै कष्ट भोग्नु परेको तर सरकारमा बसेकाहरुलाई त्यसबारेमा कुनै चिन्ता नभएको पनि टिप्पणी गरे ।

उनले भने-“अहिले जनतामाथि तपाईहरुले लकडाउन जारी राख्नुभएको छ । लकडाउन सकिएपछि जनताले यो सरकारमाथि लकडाउन गर्छ । यो व्यवस्था र लोकतन्त्र कहाँ जान्छ ? यसको चिन्ता छ मलाई । यो नीति तथा कार्यक्रमको चिन्ता छैन् । कति तपाईले भ्रष्टाचार गर्नुभयो ? त्यो मेरो विषय होईन, किनकी तपाई भ्रष्टाचारबाट गन्हाईसक्नुभएको छ । चाहे बालुवाटार भ्रष्टाचार काण्ड होस, चाहे ओम्नी काण्ड होस, चाहे यति होल्डिङ्सको काण्ड होस अथवा वाईडबडी काण्ड होस् । हुँदाहुँदै सांसद अपहरणमा पनि क्लिन चिट दिनुभयो । तपाईको काम हो क्लिन चिट दिने । तर, जनताको दरबारमा तपाईले क्लिन चिट पाईरहनुभएको छैन् । जनताको दरबार सबभन्दा ठूलो दरबार हो ।”



प्रतिक्रिया दिनुहोस्