Logo

कम्युनिष्ट चरित्रबिनाको ‘कम्युनिष्ट सरकार’



जेठ ५, काठमाण्डौ । कम्यूनिष्ट भन्ने वित्तिकै सर्वहारा वर्गको पार्टी भन्ने बुझिन्छ । यतिबेला नेपालमा पनि कम्यूनिष्ट पार्टीको बलियो सरकार छ । तर सरकारले आमनगरिकको हकहितमा भने कुनै काम गर्न नसकेको भन्दै आलोचना हुदै आएको छ । केही जानकार तथा विज्ञहरुले त वर्तमान सरकार कम्यूनिष्टको आचरण र सिद्धान्तबाट बिचलित भइसकेको टिप्पणी गर्न थालेका छन् ।

विश्व यतिबेला कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट आक्रान्त बनेको छ । नेपाल पनि त्यसको उच्च जोखिममा परेको छ । कुनै पनि मुलुकको जनताले समस्याका बेला सरकारको आवश्यकता महशुस अलि बढि गर्ने समय हो । तर अहिले नेपालको सरकारले जनतालाई माया गरेको देखिदैन । जनताले मत दिएर सत्तामा पु¥याए नकेपाले त्यसको प्रतिफल जनतालाई दिन भने नसकेको कतिपयको टिप्पणी छ । अहिले नेकपा र सरकारमा कम्युनिष्टको सिद्धान्त, चरित्र नभएर पुँजीवादी शाषक जस्तो देखिएको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको टिप्पणी छ ।

उनी मात्रै होइनन नेपालको कम्यूनिष्ट आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका नेपालका पुराना कम्यूनिष्ट नेता एव्म नेकपा क्रान्तीकारी माओवादीका महासचिव मोहन वैद्यले सत्तारुढ दल नेकपालाई कम्युनिष्ट नै भन्न नमिल्ने जिकिर गर्छन् । त्यसैले देश संकटमा पर्दा पनि नेकपा नेतृत्वको सरकारले जिम्मेवारी बोध गर्न नसकेको वैद्य बताउँछन् ।

सरकारले कोरोनाको महामारी नियन्त्रण गर्न मुलुकलाई लकडाउन गरेको छ । यस्तो बेलामा अध्यादेश ल्याउनेदेखि पार्टी फुटाउनेसम्मका खेलमा प्रधानमन्त्री नै संलग्न हुनुले धेरैलाई तितो अनुभव भएको छ । राजनीतिक विश्लेषकहरुले अहिलेको सरकारमा कम्युनिष्ट विशेषता नभै दक्षिणपन्थी चरित्र देखिएको बताएका छन् ।

मुलुक कोरोना भाइरसको संकटमा फसीरहेको बेला सरकारले गरेको काम, सरकारले ल्याएको नीति तथा कार्यक्रम र नेकपा पार्टीभित्रको विवादित घटनाक्रमलाई हेर्नेसरकार जनताप्रति उत्तरदायी हुन नसकेको होकी भन्ने आंशका गर्ने ठाउँ प्रशस्तै देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्