जेठ ५, काठमाण्डौ । नेपालमा भर्खरै १८ जना नयाँ सक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार धनुषामा २ जना, खोटाङमा १ जना, बाँकेमा १२ जना, दैलेखमा १ जना, झापामा १ जना र सुनसरिमा १ जना थपिएका हुन् ।
दैलेखमा पनि संक्रमित भेटिएसँगै कर्णाली प्रदेशमा पहिलोपटक कोरोना भित्रिएको छ ।
नेपालमा कुल संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
यसअघि आज मात्रै ६२ जना संक्रमित थपिइसकेका थिए । सोमबार मात्रै ८० जना थपिएका हुन् ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गुल्मीका एक संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।