Logo

चार जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किए



काठमाडौं, ८ जेठ । चार जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । टेकु अस्पतालमा उपचाररतमध्ये दुई जना पुरुष र दुई जना महिला आज निको भएर घर फर्किएको अस्पतालले जनाएको छ । योसँगै संक्रमणबाट निको हुनेको संख्या ४९ पुगेको छ। बुधबार मात्र उदयपुरका ८ जना संक्रमित निको भएका थिए। आज ४ बजेको अपडेटअनुसार झापामा ८ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।

झापामा ८ र रुपन्देहीमा १ गरि थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्