Logo

नेपालमा कोरोना संक्रमित बालबालिकाको संख्या वृद्धि



काठमाडौं, ९ जेठ । नेपालमा बालबालिकालाई पनि कोरोना भाइरसको जोखिम बढेको छ । एकपछि अर्को गरी कोरोना भाइरसको संक्रमितको सुचीमा बालबालिका समेत परेका छन् । जसमध्ये २ महिनाका शिशु पनि छन् ।

२४ वैशाखमा पर्सामा पत्ता लागेका कोरोना संक्रमितध्ये २ महिनाका शिशु पनि छन् । कम उमेर समुहकाहरु कोरोना भाइरसको जोखिममा कम हुने भनिएपनि नेपालमा उल्लेख्य संख्यामा बालबालिका संक्रमित भएका छन् ।

बर्दिया राजापुरकी ११ वर्षीया बालिकाको २९ वैशाखमा कोरोना संक्रमण पत्ता लागेको थियो । रुपन्देहीमा ४ वर्षीया बालिका संक्रमित भएकी छिन् ।

काठमाडौं दहचोकमा ७ वर्षीय बालक र कपिलवस्तुमा ६ वर्षीया बालिकाको १ जेठमा संक्रमण पत्ता लागेको थियो । पर्सामा ९ वर्षीय बालक,संक्रमित पत्ता लागिसकेका छन् ।

काठमाडौं सतुंगलमा ७ वर्षीय बालक, कपिलवस्तुका ३, ४ र ६ वर्षीया बालिकाका अलावा १२ वर्षीय बालक संक्रमित पत्ता लागेका छन् ।
सँसारमा भएका विभिन्न अध्ययन अनुसन्धानले कोभिड १९ को जोखिममा बालबालिका कमै रहेको भनेको थियो । तर, नेपालमा धमाधम बालबालिका संक्रमित हुनथाल्नुले यसमा प्रश्न उठेको छ ।



प्रतिक्रिया दिनुहोस्