Logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पश्चिम बंगाल भ्रमणमा



९ जेठ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पश्चिम बंगालको भ्रमणमा निस्किनुभएको छ । उहाँ शुक्रबार बिहान कोलकाता विमानस्थल पुग्नुभएको बताइएको छ ।भारतको पश्चिम बंगालमा अम्फान आँधीले पु¥याएको क्षतिको अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका बताइएको छ ।

बुधबार र बिहीबार आएको अम्फान आँधीका कारण पश्चिम बंगालमा मात्र ७२ जनाको मृत्यु भएको समाचार यसअघि नै आइसकेको जनाइएको छ । प्रधानमन्त्री मोदीलाई शुक्रबार बिहान कोलकत्ता विमानस्थलमा पश्चिम बंगाल राज्यका गभर्नर जगदीप धनखर र पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता बेनर्जीले स्वागत गर्नुभएको थियो ।

हिजोको आँधीको कारण कोलकत्ता विमानस्थल जलमग्न भएको बताइएको छ । आँधीले यस राज्यमा मात्र पाँच हजार भन्दा बढी घर भत्काएको बताइएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बंगालमा आँधीबाट जीवन गुमाउनेहरुप्रति श्रदाञ्जलि अर्पण गर्नुभएको थियो । उहाँले यहाँका शोकाकुल परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको थियो ।

त्यस आँधीको क्षतिको बारेमा जानकारी लिन र शोकमा परेका परिवारलाई सान्त्वता दिन उहाँ आज पश्चिम बंगाल पुग्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।प्रधानमन्त्री मोदी आज पश्चिम बंगालका कोलकाता, उडिसालगायतका केही स्थानको भ्रमण गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिनुहुने भएको बताइएको छ । साथै यस भ्रमणपछि उहाँले त्यहाँका अधिकारीहरुलाई विशेष दिर्नेशन दिने कार्यक्रम रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

बंगालको खाडीबाट आएको अम्फान नामको आँधी कोलकत्ता आइपुग्दा बुधबार १ सय ९० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको भारतीय मौसम विभागले जनाएको छ । यस आँधीका कारण आसाम, मेघालयमा समेत असर गरेको छ ।एएनआर्य File photo



प्रतिक्रिया दिनुहोस्