Logo

थप १९ जनामा कोरोनाको संक्रमण देखियो, कुल संक्रमितको संख्या ६०३ पुग्यो



काठमाडौं, ११ जेठ । थप १९ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ । आइतबार अपरान्ह ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस मिटका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका हुन् । उनकाअनुसार अहिले थपिएका १९ संक्रमितहरु हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

वक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट ४८ हजार ८ सय १५ को परीक्षण भएको छ भने आरडिटीबाट परीक्षण गरिएको संख्या ९० हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ को पिसिआरबाट र आर डि टीबाट ३ हजार ७ सय ९१ को परीक्षण गरिएको छ ।आईसोलेशनमा रहेकाको संख्या ५ सय १३ जना र डिस्चार्ज भएकाहरुको संख्या ८७ पुगेको छ ।

देवकोटाका अनुसार आज थपिएका १९ जना नयाँ संक्रमितहरु मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.11

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.11#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Sunday, 24 May 2020



प्रतिक्रिया दिनुहोस्