Logo

रेखाले भनिन्–परिस्थिती खराब भएपनि मनस्थिती बलियो बनाउनुपर्छ



काठमाडौ, जेठ ११ । हिम्मत भएकी अभिनेत्री हुन् नायिका रेखा थापा । उनले असफलतालाई सजिलै स्विकार गर्छिन् र कहिल्यै हार मान्दिनन् भन्ने उनका सामाजिक सञ्जालका अभिव्यक्तिले पनि स्पष्ट हुन्छ । रेखा वैवाहिक जीवनलाई सजिलै तिलाञ्जली दिएर अहिले आनन्दले एक्लो जीवन बिताइरहेकी छिन् ।

आफ्नो मनलाई बलियो बनाउदै आएकी रेखाले परिस्थिती खराब भएपनि मनस्थिती सकरात्मक बनाउनु पर्ने भन्दै आज फेसबुकमा लेखेकी छिन्, ‘जब परिस्थिती खराब हुन्छ, चारै तिर अन्धकार छाउछ, सम्भावना देखिदैनन, त्यती बेला हाम्रो सकारात्मक मनस्थिती जरुरी छ । निराश मनहरुलाई निराशा पस्केर मद्दत हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्