Logo

बाँकेमा निषेधाज्ञा जारी, सेना परिचालन



बाँके, ११ जेठ । बाँकेको नरैनापुर कोरोना संक्रमणको हट स्पट भएपछि प्रशासनले त्यहाँ अहिले उक्त गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समिति बाँकेको आइतबार बसेको बैठकले नरैनापुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्दै नेपाली सेनाका मेजरको नेतृत्वमा सुरक्षाटोली परिचालन गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणका कारण भयाबह स्थिति हुनसक्ने भन्दै गाउँपालिकाले तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारसंग माग गरको थियो । गाउँपालिकाले क्वारेन्टाइनबाट समुदायस्तरसम्म संक्रमण फैलिने र स्थिति भयाबह हुने सम्भावना देखिएको भन्दै स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन बाँके प्रशासन मार्फत् नेपाल सरकार र प्रदेश सरकारसंग सहयोगको आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्