Logo

कोरोनाविरुद्धको भ्याक्सिनका लागि विश्व सम्मेलनः जोनसनद्वारा पुटिनलाई निम्तो



एजेन्सी १५ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वेलायती प्रधानमन्त्री बोरिस जनसनले अनलाइन प्रविधिबाट ग्लोवल कोभिड भ्याक्सिनको समिटमा भाग लिन आमन्त्रण गरेका छन् । पुटिनले निमन्त्रणा पाइसकेको रुसी अधिकारीहरुले जनाएका छन् । समिटमा पुटिनको सहभागी हुने विषय स्पष्ट नरहेको अधिकारीहरुले जनाएका छन् ।

ग्लोबल भ्याक्सिन समिट २०२० जुन ४ मा हुने जनाइएको छ । समिटको मुख्य उदेश्य भने विश्वव्यापी रुपमा फैलिएको महामारीको उपयुक्त भ्याक्सिनको खोजी र निर्माण कार्यमा केन्द्रित हुनेछ । सम्पूर्ण देशहरु महामारीबीच एकजुट हुनुपर्नेमा जोड दिइने जनाइएको छ । कोरोना भाइरसका कारण विश्वभर ५७ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने साढे तीन लाखको मृत्यु भइसकेकोे छ ।



प्रतिक्रिया दिनुहोस्