Logo

भेरीमा बगेका सपनाहरु



जाजरकोट,जेठ १७ । भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो ।

मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुंगामुढा गर्दै लखेटे । नवराजसहित ५ जनाले ज्यान गुमाए, १ जना बेपत्ता भए । १२ जना मुस्किलले बाँचे । घटनापछि प्रेमिका भनिएकी १७ वर्षीया किशोरीसहित १८ जनालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । जाहेरीमा किटान गरिएका २ जना फरार रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्