Logo

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक जारी : खतिवडा, ज्ञवाली र रावल सहभागी



काठमाडौं, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । आगामी आर्थिक वर्षको लागि संसदमा पेश भएको बजेटमा एमसीसी घुसाईएपछि नेकपाभित्र विवाद चर्किएको छ । कार्यकारी अध्यक्षसहित बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसी पार्टीभित्र छलफल र सहमति नगरी अघि नबढाउन दबाब दिएका छन् ।

आज (शनिबार) विहान ११ बजेटबाट सुरु भएको सचिवालय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि सहभागी छन् । एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । उनकाअनुसार सचिवालय बैठकमा अध्यक्षद्धय ओली र दाहालसहित सचिवालयका सबै सदस्यहरूको उपस्थिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस्