डडेल्घुरा, जेठ १९ । कोरोना परिक्षणमा पोजेटिभ देखिएका डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बषीय युवक आज डिस्चार्ज हुँदैछन् ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको जनाइएको छ । उनलाई गत जेठ ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
डडेल्धुरा अस्पतालको आईसोलेसनमा उपचाररत ति युवकले १० दिनमै कोरोना जितेका हुन्।