Logo

लकडाउनको मोडालिटी परिवर्तन गर्दै सरकार, तयारी अन्तिम चरणमा



जेठ २०, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले लकडाउन खुकुलो बनाउने बारे सरकारले अन्तिम तयारी गरेको जानकारी दिएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रमको लागि ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टले मन्त्रालयको तर्फबाट उद्योगधन्दा खोल्नेदेखि लकडाउनलाई कसरी खुकुलो बनाउन सकिन्छ भन्ने बारे आवश्यक गृहकार्य गरेको बताए ।

अव बस्ने मन्त्रिपरिषद् बैठकमा योजना पेश गरी निर्णय गर्ने तयारी गरेको उनको भनाएई छ । उनले नेपाल भारतबीच देखिएको सिमा विवादलाई समाधान गर्ने बारे समेत कुटनीतिक पहल र नेपालसँग भएका प्रमाणहरु समेत जुटाइसकेको समेत दावी गरेका छन् ।

यसैबीच कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी कार्ययोजनामााथि कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरोकारवाला निकायहरुसँग छलफल गरेको छ ।

मंगलबार सिंहदरबारमा समितिले लकडाउनको मोडालिटीका बारेमा उद्योगी, व्यङकर्स लगाएत बाणिज्य क्षेत्रसंग सरोकारराख्ने निकायसंग छलफल गरेको हो । नागरिकलाई सुरक्षित राख्दै व्यवस्थीत रुपमा अघि बढाउन छलफल गरि सुझाव मागिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

उनले बिभिन्न क्षेत्रबाट प्राप्त भएका सुझावलाई अध्ययन गरि उपयुक्त मोडालिटि तयार पार्ने बताए । सबै तह र तप्कासँग छलफल गरेर आवश्यक निर्णयमा पुगीने उनको भनाई छ । बन्दाबन्दीको अवस्थालाई सरलिकृत गर्नेमा समिति अघि बढेको बिडारीले बताए ।

छलफलपछि नेपाल उद्योगबाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जोखिमको अवस्था हेरेर उद्योग संचालन गर्नुपर्नेमा छलफल भएको बताइन् । कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरिनै छलफल भएको उनको भनाई छ ।

छलफलमा सामाजिक कार्य गर्ने संघसंस्था, यातायात व्यवसायी लगाएतको पनि सहभागीता रहेको थियो । ७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । लामो समयको लकडाउनका कारण ठूलो वर्गमा जीविकोपार्जनको समस्या देखिन थालेको छ भने नागरिक समाजबाट पनि यसको मोडालिटी परिवर्तन गरिनुपर्ने आवाज उठिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्