एजेन्सी, २३ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सँसारबाट कोरोना भाइरस उन्मुलन हुन निकै कठिन भएको स्पष्ट पारिसकेको छ । भाइरस समाप्त पार्ने गरी खोप र औषधी विकासको प्रयास भइरहेको विषय बाहिर आइरहँदा डब्लुएचओले त्यसलाई निकै कठिन भनेको छ ।
डब्लुएचओकी प्रवक्ता मारगरेट ह्यारिसले आज जेनेभामा बोल्दै सँसारभर भाइरस कर्ही कतै नभएमात्र यसको उन्मुलन हुने बताएकी छिन् । उनले कोरोना भाइरसको रोकथामका लागि लकडाउन खुकुलो गर्ने देशहरुमा सचेतना बढाउन भनेकी छिन् । मानिसहरुले आफ्नो सुरक्षा आफै गर्नुपर्नेमा उनको जोड थियो ।
मानिसहरुले लकडाउन खुलेपछि सबै ठिक भइसकेको भन्दै बेवास्ता गरेकोतर्फ समेत उनले गम्भीरता देखाइन् । उनले भनिन्, ‘यो सकिएको छैन, जबसम्म सँसारभर यो भाइरस अन्त हुँदैन तबसम्म यो सकिने छैन ।’