काठमाडौं, २७ जेठ । संविधान संशोधन विधेयकमाथि सघीय संसदअन्गर्तत प्रतिनिधिसभामा छलफल सुरू भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। संशोधन प्रस्ताव पेस भएलगत्तै सभामुख अग्नि सापकोटाले छलफल अघि बढाएका हुन्।
अहिले सांसदहरुले संशोधनको विषयमा सांसदहरुले आफ्नो मत राखिरहेका छन्। छलफलको सुरुवातमा नेकपाका सांसद कृष्णभक्त पोखरेलले आफ्नो भनाई राखेका थिए । त्यस्तै, कांग्रेस सांसदहरु गगन थापा, डिला संग्रौला, पुष्पा भुषाल, डा. मिनेन्द्र रिजालले पनि आफ्नो भनाई राखिसेका छन् । नेकपाका सांसदहरु खगराज अधिकारी, तुलसा थापा, शान्ता चौधरी लगायतले पनि धारणा राखेका छन् ।