काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारलाई शक्ति केन्द्रित गर्ने कुनै ख्वाब नभएको स्पष्ट पारेका छन् । बुधबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,’अहिलेको सरकारलाई शक्तिकेन्द्रित गर्ने कुनै ख्वाप छैन् । शक्ति कायम राख्ने यसको उद्देश्य होईन् । यसको उद्देश्य त बरु विभिन्न निकायको, अंगहरुको प्रभावकारिताको अभिवृद्धि हो । ती निकायहरुको प्रभावकारि परिचालनको विषय हो । त्यसबाट देशमा सुशासन र विकासलाई तिव्र गतिले अघि लान सकियोस् । नेपालका समस्या समाधान गर्न सकियोस । जनताका आकांक्षा पूरा गर्न सकियोस् । जुन निकायहरु प्रधानमन्त्री कार्यालय मातहत रहेका छन्, तीनका काम प्रभावकारी ढंगले अघि बढेका छन् । जुन पहिल्यै थिए । र, अहिले प्रधानमन्त्री कार्यालय मातहत ल्याईएकाको प्रभावकारिता बढेका छन् ।’ तस्विर : संघीय संसद सचिवालय