काठमाडौैं, ३० जेठ : सर्लाहीको सीमावर्ती क्षेत्रमा भारतीय नागरिक र प्रहरी बीच भएको झडपमा एक भारतीयको मृत्यु भएको छ । तीन सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन्। झण्डै डेढ सयको संख्यामा रहेको भारतीय समूहले हतियार समेत खोस्ने प्रयास गरी सशस्त्र प्रहरी माथि आक्रमण गरेका थिए।
भारतबाट ल्याइएको सामग्री रोक्न खोज्दा पर्सा गाउँपालिका–३ नारायणपुरमा झडप भएको थियो। प्रहरीले आत्मरक्षाका लागि १५ राउण्ड फायरिङ गरेका थिए। प्रहरीको गोली लागेर भारतको सितामढी पिपरा–१ बस्ने २७ वर्षीय विवेक कुमारको मृत्यु भएको छ। सोही ठाउँका २२ वर्षीय उमेश राय र २८ वर्षीय उदय ठाकुर घाइते भएका छन्।
प्रहरीले एक जना नियन्त्रणमा लिएको छ। ४५ वर्षीय लगन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त समूहको आक्रमणबाट सशस्त्र प्रहरीका हवल्दार सहित तीन जना गम्भीर घाइते भएका छन्।
हवल्दार सञ्जय राय, जवानहरु भुपेन्द्र पौडेल र रबिन बैठा घाइते भएका छन्। घाइते प्रहरीहरुको मलंगवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। असइको कमाण्डमा रहेको नौ जनाको समूह माथि आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि सुरुमा हवाई फायर गरेकोमा पछि गोली चलाएको थियो ।दृष्टिबाट