काठमाडौं, जेठ ३१। जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले आफनो पार्टीले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरेको बताएका छन् । उनले देशको भूमिको रक्षाको लागि जसपा सरकारको पहलका पक्षमा रहेको भन्दै यसले भारतसँग बार्ताका माध्यामबाट समधान खोज्न पनि सहज हुनेसमेत बताए ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै जसपा नेता यादवले आफ्नो दलले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक र सरकारले ल्याएको विधेयक फरक भएकाले आफुहरु राष्ट्रियता र भूमिका विषयमा विपक्षमा उभिन नसक्ने जनाएका हुन्।
यादवले नेपालको राष्ट्रियताका विषयमा जनता समाजवादी पार्टी सरकार भन्दा एक कदम अगाडी रहेको दावी गर्दै अब भूमिका विषयमा भारतसँग फेरी किचलो नहुने गरी सरकार अगाडी बढ्नुपर्ने सुझाव दिए । राष्ट्रियताको विषय भनेको जनताको भवना हो भन्दै उनले यसमा कसैले पनि दुइमत राख्न नमिल्ने बताए ।
उनले भने,‘हाम्रो संविधान संशोधनको मुद्धा हामी पछि उठाउछौँ र यो विषयमा सरकारले पनि सहमति जुटाएर संशोधन गर्नुपर्छ । पहिले सीमा र नयाँ नक्साका विषयमा एकमत भएर काम गरौँ । यो मतदान पछि सरकारले हाम्रो संशोधनको विषयमा सोच्छ भन्ने विश्वास हामीलाई छ । सर्वसम्मत रुपमा हामीले यो नक्सा सम्बन्धी विषयमा एकमत देखाउनुपर्छ ।’
जसपाकी सांसद सिरता गिरीका विषयमा आज बस्ने संसदीय दलको बैठकले निर्णय लिने यादवको भनाइछ । उनले सांसद गिरीलाई आफ्नो प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिइसको र फिर्ता नलिए वा पार्टीको कुरा नमाने संसदीयलको कानून अनुसार कारवाही गरिने भन्दै कुनैपनि नेपाली नागरिकले आफ्नो भूमिको विरुद्धमा बोल्न नमिल्ने धारणा राखेका छन्।
क्जबचभ तजष्कस्
त्धष्ततभचँबअभदययप