Logo

पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रीदीलाई कोरोना संक्रमण



एजेन्सी ३१ जेठ : पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रीदीलाई कोरोना संक्रमण देखिएको छ । कोरोना पुष्टी भएको विषयलाई अफ्रीदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

शनिवार दिउँसो ट्वीट गर्दै अफ्रीदीले बिहीबारबाट स्वास्थ्य अवस्थामा गिरावट आएको र केहि दिनदेखि शरिर निरन्तर दुखेको समेत उल्लेख गरेका छन् । उनले दुर्भाग्यवश आफूलाई कोरोना पुष्टि भएको तथा शिघ्र स्वास्थ्यलाभको कामना आवश्यक रहेको पनि उल्लेख गरे।

अफ्रीदीले पाकिस्तान क्रिकेट टोलीका पुर्व कप्तान पनि हुन् । उनि विश्व प्रख्यात चर्चित खेलाडी मध्ये एक हुन्।

 



प्रतिक्रिया दिनुहोस्