Logo

भारतसंगको बार्ता अव टार्न मिल्दैन,प्रमाणका आधारमा बार्ता सुरु गरौः प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार



काठमाडौं, जेठ ३२ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले नेपाल सरकारले अब भारतसँग वार्ताका लागि आवश्यक सवै संयन्त्रहरु परिचालन गरिने बताएका छन् । उनले नेपाली भूमिमाथि भारतीय पक्षबाट भइरहेको अतिक्रमका विषयमा नेपालको संसदले हाम्रो हो भन्ने दावी पहिलो पटक गरेको र यो महत्वपूण कुरा भएको जनाए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै सल्लाहकार भट्टराईले यो नेपालीहरुको एकता सकारात्मक छ र अब बार्ताका लागि सवै प्रकारका प्रयासहरु गर्नुपर्ने अवस्था आएको भन्दै यसले भारतलाई पनि राम्रो सन्देश गएको र भारत सरकारले अब बार्ता टार्न नमिल्ने बताए ।

उनले हिजोका दिनमा भारत सरकारले पनि यी भूमिहरु विवादित रहेको यसको समाधान वार्ता बाट मात्रै निकाल्न सकिन्छ भन्ने कुरा स्वीकार गरेको दावी गर्दै अहिले अश्विकार गर्ने तर्फ लाग्ने भन्दा वार्ताको सहजिकरणमा लाग्नुपर्ने जनाए । नेपाल भारतसँग वार्ताका लागि आसावदी रहेको र नेपाल भारतको सम्बन्ध राम्रो नभए दुवै देशलाई फाइदा भएकाले वार्ता बाहेका अर्को बाटो नभएको भट्टराईको भनाइछ ।

उनले भने,‘अब भएका प्रमाणका आधारमा बार्ता सुरु हुन्छ । भारतले पनि नेपालका कुरा सुन्नुपर्छ । हामीले बार्ताका लागि भनिरहेका छौ । भारतलाई नक्सा प्रकासित गर्नुभयो भनेर पनि भन्यौ । उहाँहरुले पनि पहिले छलफलबाट टुग्याउने भनेको हो । तर, पछि सडकनै बनाएपछि नेपालले पनि आफ्नो अडान लिन कुरा भयो ।’



प्रतिक्रिया दिनुहोस्