Logo

युरोपका चार देशद्वारा कोरोनाविरुद्वको ४० करोड डोज खोप उत्पादन सम्झौता



एजेन्सी, ३२ जेठ । इटाली, जर्मनी, फ्रान्स र नेदरल्याण्डले एस्ट्रोजेनेकासंग कोरोनाविरुद्वको खोप उत्पादन गर्न सम्झौता हस्ताक्षर गरेका छन् । एस्ट्रोजेनेकाले युरोपियन मुलुकका मानिसलाई कोरोनाविरुद्व लड्न खोप उत्पादन गर्ने गरी सम्झौता भएको इटलीका स्वास्थ्य मन्त्रीले जनाएका छन् ।

सन् २०२० को अन्त्य सम्म एस्ट्रोजेनेकाले पहिलो समूहको औषधी निकालिसक्ने प्रतिबद्वता कम्पनीले लिएको छ । विश्व व्यापी रुपमा फैलिएको कारोना संक्रमणले युरोपियन मुलुकमा भयावह अवस्था सिर्जना भएको छ । अ‍ेमरिकामा कोरोना संक्रमित र मृत्यु दर अन्य भन्दा अत्यधिक रहेका रहेको छ । खोपको करिब चार सय मिलियन डोजहरु तयार गर्ने गरी सम्झौता भएको हो ।

उक्त खोपको निर्माण अक्सफर्ड विश्वविद्यालयमा भइसकेको जनाइएको छ । इटलीका प्रभानमन्त्रीले कोरोना भाइरसका कारण देश पहिलेको सामान्य अवस्थामा आउन असम्भव रहेको छ । तर, भाइरसद्वारा निर्मित संकटलाई अवसरको रुपमा पुनः देशलाई सही बाटोमा लग्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

कोरोनाको केन्द्र बिन्दु मानिएको इटलीमा दूई लाख ३६ हजार संक्रमित भएका थिए भने ३४ हजारको मृत्यु भइसकेको छ । महामारीको समयमा सम्पूर्ण देशवासीलाई निस्वार्थ पूर्वक आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरेका छन् । इटली आफ्नो तर्फबाट सक्दो प्रयास गरीरहेको प्रभानमन्त्रीको भनाइ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्