एजेन्सी, ३ असार । लदाखको सिमामा सोमबार भएको झडपका क्रममा भारततर्फ २० जनाको मृत्यु भएको छ । भारतीय सेनाले यसको पुष्टि गरिसकेको छ ।
भारततर्फको मृतक र घाइतेको विवरण आएपनि चीनतर्फ केही खुलाइएको छ । तर, चीनले हताहती स्वीकार गरेको छ ।
अमेरिकी खुफिया एजेन्सीहरुले चीनतर्फ ३५ जना हताहती भएको उल्लेख गरेको छ । यो संख्या मृतक र घाइते दुवैको हो ।
भारतीय पत्रिका द हिन्दुले सुरक्षा स्रोत उल्लेख गर्दै अमेरिकी गुप्तचरको सुचनाका आधारमा ३५ जना हताहती भएको उल्लेख गरेको छ ।-File photo: Agency