Logo

सांसददेखि प्रधानमन्त्री सम्म कोहि देश प्रति जिम्मेवार देखिएनन्, संकटको बेला सवारी भत्ता र पेट्रल खर्च लिनु दुर्भाग्यपूर्णः डा दिक्षित



काठमाडौं, असार ४ । नागरिक अगुवाहरुले सांसददेखि प्रधानमन्त्री सम्मका कसैले पनि देश र नागारिकप्रति जिम्मेवार भएर उत्तरदायित्व निर्वाह नगरेको आरोप लगाएका छन् । उनीहरुले कोरोना महामारीको संकटमा देश फसिरहेको अवस्थामा समेत देशको प्रधानमन्त्री गम्भिर नहुनु र सांसदहरुले समेत यस्तो अवस्थामा पनि सवारी भत्ता र पेट्रल खर्च लिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै नागरिक अगुवा डा सुन्दरमणि दिक्षितले कोरोना संक्रमण बढीरहेको र यसको प्रभावले जनता भोक र रोगले ग्रस्त भएको बेला सांसदहरुले लकडाउनको समयको समेत सवारी भत्ता लिनु गैरजिम्मेवारीपूर्ण काम भएको टिप्प्णी गरे ।

उनले तीन महिनासमय पाउदा पनि प्रधानमन्त्री ओलीले नागरिक समाज र विज्ञहरुले दिएको सुझावलाई वेवास्ता गर्दै औषधी खरिद जस्ता विषयमा भएको भ्रष्टाचारको संरक्षण गर्नु र कोरोना नियन्त्रणका लागि योजना तर्जुमाप्रति गाम्भिर्यता नदेखाउनुले देश आर्थिक र सामाजिक रुपमा संकटग्रस्त हुदै गएको बताए।

दिक्षितले कोरोना संक्रमणको अवस्था समुदायबाट भन्दा बाहिरबाट आएकाहरुमा धेरै देखिनुको कारण समयमै सीमा व्यवस्थित गर्न नसक्नु र हवाई मार्गलाई समयमै बन्द गर्ने आँट प्रधानमन्त्रीले नगर्नु नै गल्ती भएको जनाए। स्थानीयहरुमा संक्रमितको संख्या नबढ्नुपर्ने अवास्था रोक्न सरकारले नसकेको भन्दै उहाँले यस्तै रहेमा संक्रमितको संख्या ४० हजारमा सिमिति नहुने उनको दाबी छ ।

अझै पनि संक्रमणलाई नियन्त्रण गर्न पीसीआर टेस्ट बढाउनुपर्ने ठाउँमा सरकार परिक्षण आवश्यक छैन भनिरहेको छ भन्दै उनले अहिले पनि सीमा बन्द गरेर देशभरी स्याम्पल टेस्ट गर्नुपर्ने सुझाव दिए । शहरमा धेरै संक्रमण फैलिएको हुनसक्ने भएकाले तत्कालै स्याम्पल टेस्ट बढाउनुपर्ने र क्वारेन्टिन व्यवस्थापनदेखि अब नेपाल ल्याउनेलाई व्यवस्थित गर्नुपर्ने दिक्षितको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्