एजेन्सी ४ असार । कोरोनाविरुद्व प्रभावकारी मानिएको एन्टी मलेरिया औषधी हाइड्रोक्सीरोक्वाइनको परिक्षण रोकिएको छ । कोरोना भाइरसविरुद्व उक्त औषधी प्रभावकारी नरहेको भन्दै विश्व स्वास्थ्य संगठनले परिक्षण रोकेको हो ।
नयाँ अनुसन्धानको आधारमा उक्त औषधीले कुनै फाइदा नदेखाएको कारण परिक्षण रोकिएको डब्लूएचओको भनाइ रहेको छ । मानिसहरुको अनुवांशिक विश्लेषणको आधारमा कोरोना संक्रमण शरीरमा अत्याधिक वा कम हुने विषय ब्लड ग्रुपले निर्धारण गर्ने इंगल्याण्ड जर्नल अफ मेडीसिनले जनाएको छ ।
ब्लड टाइप ए भएका मानिसहरुमा कोरोना संक्रमण अत्यधिक हुने गर्दछ भने ब्लड टाईप ओ भएका मानिसहरुमा संक्रमण कम देखिएको इंगल्याण्ड जर्नल अफ मेडीसिनको तथ्यांकले देखाएको छ । भाइरसका कारण ८३ लाख भन्दा बढी मानिस विश्वभर प्रभावित भएका छन् भने झण्डै साँढे चार लाख मानिसको ज्यान गएको छ । कोरोना भाइरसविरुद्वको खोप, औषधीको निर्माणको दौड भने कायमै रहेको छ ।