डडेल्धुरा, असार ४ । डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकामा एकै दिन कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।बिहिवार मात्रै गन्यापधुरामा ४० जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिकाबासी त्रसित छन् ।
उक्त गाँउपालिका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गाँउपालिका हो । गाउँपालिकामा रहेको बडाल माबी क्वारेन्टाइनमा बसेका अधिकान्शमा कोरोना संक्रमण भएको जनाइएको छ । गत जेठ २३ गते गणेश माविको क्वारेन्टाइनका भान्सेसहित दुई जनामा कोरोना संक्रमण देखिएको थियो । पीसीआर परिक्षणको लागि पठाइएको नमुना परिक्षणमा एक हप्ता पछि दुई जनामा संक्रमण रहेको पुष्टि भएपछि अन्यको समेत स्वाव परिक्षण गरिएको थियो ।
नमुनाको परिक्षण नतिजा आएकालाई गत जेठमा थप उपचारको लागि सदरमुकामस्थित अपी अस्पतालमा भर्ना गरिएपनि कुनै उपचार नगरी घर पठाईएको नाम नखुलाउने सर्तमा एक जना सक्रमितले रिपोर्टस क्लबलाई बताए । स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार १४ दिनको अस्पताल बसाईपछि पहिले संक्रमित भएकाहरु घर पठाईसकिएको छ ।
पहिलो चरणमा परिक्षण गर्दा पुष्टि भएकाहरु संगै रहेका अन्यको समेत परिक्षण गर्दा विहिबार उक्त संख्यामा संक्रमित भेटिएका हुन् । एक हप्ता अगाडी परिक्षण गरिएकाहरुलाई समेत रिपोर्ट नआँदै गाँउपालिकाले घर पठाईसकेका कारण गाँउगाँउमा कोरोना पुगेको भन्दै स्थानिएले आक्रोस पोखेका छन् । संक्रमितहरु गाँउमा गएर घुलमिल भैसकेका कारण पुरै गाँउ सिल गर्नु पर्ने अवस्था आएपनि अझै गाँउपालिका मौन बसेको उनीहरुको आरोप छ । विहिबार संक्रमण पुष्टि भएकाहरुमा एक जना पहिलो संक्रमितको दाई रहेको समेत खुल्न आएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परिक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको हो । गाउपालिकाको वडा नम्बर( १ का १ जना, वडानम्बर २ का २१ जना, वडानम्बर ३ का २ जना, वडानम्बर ४ का १५ जना, वडानम्बर ५ का १ जना र ठेगान नखुलेकोले अरु थप कोरोना संक्रमीत हुन सक्ने गन्यापधुरा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
क्वारेन्टानमा बसेर गाँउ फर्किएकाहरुले खानाको समस्या भएपछि गाँउ फर्किएको र गाँउपालिकाले उद्वार गरेको भनेपनि आफ्नै पैसामा गाँउ पुगेको बताएका छन । सोहि गाँउपालिकाका वडा नम्बर ३ का युवाहरुले क्वारेन्टाइन व्यवस्थापन भद्रगोल भएकोे भन्दै गाउँपालिका प्रमुखको पुत्ला जलाएको भिडियो समेत समाजिक सञ्जालमा भाइरल भएको थियो । संक्रमितहरु जेठ १० गते कैलालीको गौरिफन्टा नाका हुँदै पालिका सदरमुकाममा तयार गरिएको श्री गणेश माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकाहरु रहेका छन् ।
गत जेठमा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले राहत भन्दै झण्डै डेढ सय क्विन्टन चामल लगायत खाध्यान्न समाग्री जिल्ला पठाएपनि क्वोन्टाइनमा बसकेकाहरु भने राहतमा समेत अनियमियता भएको बताँउन्छन् । केहि समय पहिले गाँउपालिकाकै वडा नम्बर १ स्थित भेटाका दलितहरुले राहतको नाममा एक सर्जिकल मास्क र एक लुगा धुने सावुनमात्र पाएको भन्दै राष्ट्रिय स्थरको टेलिभिजनमा समाचार प्रकाशितसमेत भएको थियो ।
गाउँपालिकाले अधिकाशंलाई आरटिडि गर्दे घर पठाउने गरेका कारण संक्रमणले विकराल रुप लिन सक्ने अनुमान गरिएको छ । गत जेठ २१ गते वडा नम्बर १ मा रहेको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना परिक्षणको रिपोर्ट नआउँदै अन्तेष्टि गरिएको थियो । वडा नम्बर १ असिग्राममा रहेको आधारभुत विद्यालय रैनाकोट, रुवाखोलामा रहेको क्वारेन्टाइनभित्रै मृत्यु भएकी महिलाको परिक्षणको रिपोट नआउँदै डोटी र डडेल्धुराको सिमानामा पर्ने सेती नदी किनारमा अन्तेष्टि गरिएको थियो ।
शव व्यवस्थापन भएको केहि दिनपछि धनगढीस्थित सेती प्रादेशक अस्पतालमा गरिएको स्वाव परिक्षणमा भने मृतक कोरोना मुक्त रहेको रिपोर्ट सार्वजनिक भएको थियो ।भारतबाट नेपाल आएकी ति महिला राति श्रीमनसंगै सौचालय गएको बेला बेहोस भएपछि मृत्यु भएको जनाइएको छ ।
(गुगल अर्थबाट लिइएको फोटोमा रातो धेरो भित्र गणेश माविमा बनेको क्वारेन्टाइन)