काठमाडौं, ५ असार । भारत-चीनबीच सिमा विवाद बढेसँगै सिमा क्षेत्रमा तनाव बढेको छ । लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको र उक्त झडपमा २० जना भारतीय सैनिकको निधन भएको बताइएको थियो ।
मुख्यमन्त्रीहरुसँगको हालैको भिडिओ सम्मेलनमा मोदीले आफ्ना सैनिकहरुको बलिदानी खेर जान नदिने बताईसकेका छन् । यही सन्दर्भमा मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि भर्चुअल बैठक बोलाएको प्रधानमन्त्रीको कार्यालयद्धारा जानकारी गराइएको छ । File Photo