६ असार : विश्व कोरोना भाइरसको भ्याक्सिनको खोजीमा रहेको छ । भ्याक्सिन बन्नका लागि अmझै केही समय लाग्ने समाचारहरु सार्वजनिक भइरहेका बेला भाइरसको संक्रमण रोक्नका लागि पोलियो भाइरस नष्ट गर्ने भ्याक्सिनको उपयोग गर्ने तयारी भइरहेको छ ।
विश्वव्यापी स्तरमा अनुसन्धानकर्ताहरुले पोलियोको ओरल भ्याक्सिन प्रयोग गर्नका लागि सल्लाह दिएका छन् ।
अनुसन्धानकर्ताहरुका अनुसार, उक्त भ्याक्सिन कोरोना भाइरसको उपचारमा प्रयोगका लागि परीक्षण गर्नुुपर्छ तर यसबाट सम्भवत्ः संक्रमणका विरुद्ध सीमित सुरक्षा पनि हासिन हुने सम्भावना रहेको छ ।
खासमा काभिड–१९ का लागि कुनै पनि भ्याक्सिन तयार गर्नका लागि कम्तीमा पनि एक वर्षको समय लाग्ने बताइएको छ ।
यद्यपी वैज्ञानिकहरुका अनुसार, यस भाइरसका विरुद्ध तत्काल राहतका लागि सुरक्षित र प्रभावकारी भ्याक्सिन पहिलेदेखि नै उपलब्ध रहेको छ । उक्त भ्याक्सिनमा ओरल पोलियो भ्याक्सिन (ओपीभी) र बीसीजी पनि शामिल रहेको छ । यो भ्याक्सिन पहिलेदेखि नै बच्चाहरुका लागि प्रतिरक्षकका रुपमा रहेको छ ।मेरोलागानी/File photo