Logo

नागरिकता विधेयकः सातवर्षे सर्त विपक्षीले नमान्‍ने



काठमाडौं, असार ७ । सत्तारूढ नेकपाको सचिवालयले गरेको निर्णयअनुसार नै नागरिकता विधेयक संसद्बाट पारित हुने स्थिति आए भारतसँग परापूर्वकालदेखि चल्दै आएको ‘रोटीबेटी’ को सम्बन्धमा दरार आउने भन्दै विपक्षी कांग्रेस, राजपा र समाजवादी पार्टीले त्यसको स्वामित्व नलिने निर्णय गरेका छन् ।

नेकपा सचिवालय बैठकले गरेको निर्णयबमोजिम विधेयक पारित भए नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलाले अंगीकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्ने छ । तत्कालीन अन्तरिम संविधानका आधारमा बनाइएको नागरिकता ऐन २०६३ को प्रावधानअनुसार त्यस्ता महिलाले विवाह गरी आएलगत्तै नागरिकता पाउँदै आएका छन् ।

प्रतिपक्षी दलले स्वामित्व नलिने निर्णय गर्नुका पछि केही राजनीतिक र सामाजिक सबाल उठाएका छन् । खासगरी तराई–मधेसमा नागरिकताको विषय जहिल्यै राजनीतिक मुद्दा बन्ने गरेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्