Logo

यसै वर्ष कोरोनाको खोप आउने, कोही उत्पादनको तयारीमा कोही मानवमाथि परीक्षणमा



एजेन्सी, ७ असार । यसै वर्षभित्र कोरोना भाइरसको खोप विकास गरी उत्पादन समेत गर्ने लक्ष्यका साथ विभिन्न देश प्रतिष्पर्धामा छन् । जसमध्ये १३ वटा खोपको मानवमाथि परीक्षण भइसकेको छ । १२० भन्दा बढी परीक्षणको प्रारम्भिक चरणमा छन् ।

रुसले अगष्टमा मानव परीक्षण सकेर सेप्टेम्बरमा खोप उत्पादन गर्ने योजना समेत बनाइसकेको छ । औषधी कम्पनिहरु आष्ट्राजेनेका र मोर्डनाले यसै वर्षभित्र करोडौं डोज खोप उत्पादन गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

चीनमा छ वटा कोभिड १९ को भ्याक्सिनको मानव परीक्षण भइसकेको छ । जर्मनीको कम्पनि केयरभ्याकले सेम्टेम्बर वा अक्टोबरमा पहिलो नतिजा उपलब्ध गराउने जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका मुख्य वैज्ञानिक डा. सौम्या स्वामिनाथनले यसै वर्षभित्र करोडौं डजेज भ्याक्सिन उत्पादन हुने आशा व्यक्त गरेकी छिन् । उनले २०२१ को अन्तसम्ममा दुई अर्ब डजेज भ्याक्सिन आइसक्ने बताएकी छिन् ।

विश्वकै सबैभन्दा ठुलो भ्याक्सिन उत्पादक ग्ल्याक्सोस्मिथक्लिन क्लिनिकल परीक्षण चरणमा पुगेको छ । उक्त कम्पनिले विस्तारै र स्थिर गतिमा खोप विकास गरिरहेको जनाइएको छ ।

भारतीय कम्पनिहरु पनि खोपको विकासमा योजनावद्ध तरिकाले लागेका छन् । पुनेस्थित सेरम कम्पनिले भ्याक्सिनको विकास गरिरहेको छ ।

इजरायल पनि भ्याक्सिन विकासको दौडमा छ । इजराजको इन्स्टिच्युट फर बायोलोजिकल रिसर्चले कोरोना भाइरसको भ्याक्सिनको परीक्षण सफलता पूर्वक सम्पन्न गरिसकेको दाबी गरेको छ । भ्याक्सिन यसै वर्षभित्र उत्पादन गरिसक्ने भनिएको छ ।

सँसारभर खोपको विकास कहिले होला भनी ध्यान गइरहेको छ । विभिन्न देशका औषधी कम्पनिहरुले खोपको विकास यसै भित्र गरी उत्पादन समेत गर्ने दाबी गरिरहेका छन् । जे होस् १२० भन्दा बढी कम्पनिबीच भ्याक्सिन बनाउने प्रतिष्र्धा चलेको छ । यसले सफलता हासिल गरेमा कोरोना भाइरस सामान्य रोगमा परिणत हुनेछ ।



प्रतिक्रिया दिनुहोस्