Logo

कोरोनाले अवस्था झन् भयावह, विश्वभर संक्रमित ९० लाख नाघ्यो



काठमाडौं, ८ असार । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ९० लाख नाघेको छ । संक्रमणबाट कुल मृतक संख्या ४ लाख ६९ हजार पुगिसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार ४७ लाख ९६ हजार निको भएका छन् । आधाभन्दा बढी निको भइसकेपनि संक्रमित संख्या प्रतिदिन डेढ लाखका दरले वृद्धि भइरहेको छ । यसले झन् भयावह अवस्था बन्न थालेको छ ।

अमेरिकामा २३ लाख ५५ हजार संक्रमित भइसकेका छन् । जसमध्ये एक लाख २२ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा १० लाख ८६ हजार संक्रमित हुँदा ५० हजारको मृत्यु भएको छ । रुसमा ५ लाख ८४ हजार संक्रमित हुँदा ८ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ४ लाख २६ हजार संक्रमितमध्ये १३ हजार ७ सयको मृत्यु भएको छ । बेलायतमा पनि संक्रमित संख्या ३ लाख नाघेको छ । त्यहाँ ४२ हजारको मृत्यु भइसकेको छ ।

पछिल्लो समय दक्षिण अमेरिका र दक्षिण एशियामा अवस्था भयावह बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनले विश्व कोरोना भाइरसको भयावह चरणमा पुगेको भनिसकेको छ । खोप यसै वर्ष पत्ता लाग्ने गरी एक सय ३० भन्दा बढी औषधी कम्पनि र रिसर्च संस्थाहरु लागेकाले आशा भने पलाएको छ ।



प्रतिक्रिया दिनुहोस्