Logo

विश्वभर कोरोना संक्रमितको संख्या साढे ९० लाख



काठमाडौं, असार ८ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ९० लाख नाघेको छ। सोमाबारसम्म संक्रमितको कुल संख्या ९० लाख ३७ हजार नौ सय ५० पुगेको छ ।

त्यस्तै, चार लाख ६९ हजार ६ सय तीन जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार ४७ लाख ९७ हजार चार सय ६८ संक्रमण मुक्त भएका छन् ।

हालसम्म अमेरिकामा २३ लाख ५५ हजार संक्रमित भइसकेका छन्। जसमध्ये एक लाख २२ हजारको मृत्यु भएको छ। ब्राजिलमा १० लाख ८६ हजार संक्रमित हुँदा ५० हजारको मृत्यु भएको छ। रुसमा ५ लाख ८४ हजार संक्रमित हुँदा ८ हजारको मृत्यु भइसकेको छ। भारतमा ४ लाख २६ हजार संक्रमितमध्ये १३ हजार ७ सयको मृत्यु भएको छ।

बेलायतमा पनि संक्रमित संख्या ३ लाख नाघेको छ। त्यहाँ ४२ हजारको मृत्यु भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्