Logo

क्वारेन्टाइन भित्रै फेरी अर्काे आत्महत्या



बझाङ, असार ८ । बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका(७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन।

३ दिन अघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टाइनमा बसेका उनले गएराति झुण्डिएर आत्महत्या गरेका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए । ‘६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिए’, उनले भने ।

वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो । ति युवक बसेको क्वारेन्टाइनमा अहिले ४ जना रहेका छन् ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्